पथरीको तमु बौद्ध गुम्बाभित्र अबैधानिक रुपमा रुख कटान

मोरङं / मोरङकको पथरीशनिश्चरे १ स्थित बजार भित्रै रहेको तमु बौद्ध गुम्बा भित्रबाट २ वटा रुख अबैधानिक रुपमा कटान गरिएपछि सब डिभिजन बन कार्यालयले उठाएर ल्याएको छ । गुम्बा भित्र रहेका दुई वटा टिक जातिको रुख ढालेर टुना पारिएको थियो । सव डिभिजन वन कार्यालयले उक्त काठ दाउरा बुधबार उठाएर ल्याएको हो ।

पाँच फिट भन्दा बढी गोलाई भएको टिकको रुख चेन सो (रुख काट्ने मिसिन) ले ढालेर १२ वटा टुक्रा बनाएको अवस्थामा फेला परेको थियो । उक्त काठ ९३ किबी रहेको सब डिभिजन वन कार्यालय पथरीले जनाएको छ । रुख ढाल्ने व्यक्तिहरु भने पत्ता नलागेको वन डिभिजन कार्यालयको प्रमुख दिवस चौधरीको भनाइ छ । बजार भित्र मेसिन लगाएर रुख ढालिएको कारण वन कार्यालय लाग्दा व्यक्तिहरु पत्ता लाग्ने भएपनि बेवारिस बनाउन तिर लागेको स्थानीय एक व्यक्तिले बताए । तमु बौद्ध गुम्बा भित्र केही बर्ष अघि पनि यसै गरी सखुवाको रुख ढालिएको र बेवारिस बनाइएको थियो ।