लक्ष्मी मा.वि.बेलबारीको आतिथ्यमा नेपाल रेडक्रस सोसाइटी जुनियर /युवा सर्कल मोरंगको ४० औं जिल्ला गोष्ठी सम्पन्न हुने

अनु निरौला । बेलबारी:नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको आयोजना तथा नेपाल  जुनियर /युवा  रेडक्रस सर्कल  लक्ष्मी मा.वि.बेलबारी-११(लक्ष्मीमार्ग) मोरङको आतिथ्यमा  ४० औं जिल्ला स्तरीय जुनियर /युवा  रेडक्रस सर्कल जिल्ला गोष्ठी सम्पन्न हुनेभएको छ ।फागुन २६ र २७  गते संचालान हुने उक्त २ दिने जिल्ला गोष्ठीमा  मोरंग जिल्ला  भरीका १३५ बिद्यालयका प्रति बिद्यालय १ संरक्षक शिक्षक ,१ शिक्षक नायक,१  छात्र र १ छात्रा गरी ४ जनाका दरले ५४० जनाको सहभागिता रहनेछ भने ,यसका साथसाथै नेपाल रेड्क्रस सोसाइटीका केन्द्रीय पदाधिकारी/प्रतिनिधिहरु ,नेपाल रेडक्रस सोसाइटी मोरंग  जिल्लाका पधाधिकारी/प्रतिनिधिहरु,मोरंग जिल्ला भरिका उपशाखाका पदाधिकारी/प्रतिनिधिहरु लगायत गरी  करिब ६०० भन्दा बढीको सहभागिता रहनेछ।

सहभागी सर्कलाहरुले  सहभागिता दर्ता शुल्क बापत रु.३०० तिर्नु पर्ने उक्त  २ दिन सम्म चल्ने गोष्ठीका लागि गोष्ठी अबधिभर  सम्पूर्ण सहभागीहरुलाई खाना,खाजा तथा आवास सुबिधा साथै प्रति सहभागी जुनियर/युवा रेडक्रससर्कलको लोगो अंकित  १/१/ वटा किट ब्याग  समेत उपलब्ध  गराइने कुरा नेपाल  जुनियर /युवा  रेडक्रस सर्कल लक्ष्मी मा.वि.का संरक्षक तुलसीराम खरेलले बताउनु भयो ।

लक्ष्मी मा.वि.को इतिहासमा दोस्रो पटक नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको आयोजना तथा नेपाल  जुनियर /युवा  रेडक्रस सर्कल  लक्ष्मी मा.वि.बेलबारी-११(लक्ष्मीमार्ग) मोरङको आतिथ्यमा जिल्ला स्तरीय जुनियर /युवा  रेडक्रस सर्कल जिल्ला  गोष्ठी सम्पन्न हुन लागेको हो।यस अघि  बि.स.२०५४ सालमा लक्ष्मी मा.वि.को आतिथ्यमा जिल्ला स्तरीय जुनियर /युवा  रेडक्रस सर्कल जिल्ला गोष्ठी सम्पन्न भएको थियो। २ दिन सम्म चल्ने उक्त जिल्ला गोष्ठीमा रेडक्रस संग सम्बन्धित तालित,अभिमुखीकरण कार्यक्रम,मोटिभेसनल सेमिनार,गोष्ठीमा सहभागीहरुका लागि बेलबारी नगरपालिका क्षेत्र भित्रका पर्यटकीय स्थलहरुको  भ्रमण,स्वास्थ्य  शिविर लगायतका गतिविधिहरु संचालन हुने कुरा नेपाल  जुनियर /युवा  रेडक्रस सर्कल लक्ष्मी मा.वि.का शिक्षक नायक तथा सुचना अधिकारी भुवन कार्कीले जानकारी दिनु भयो।