जेनिथको १४ औँ वार्षिक उत्सवमा २०५ जना विद्यार्थीलाई पुरस्कार प्रदान

कानेपोखरी मोरङको कानेपोखरी ६ स्थित रमाइलोमा रहेको जनिथ इङ्लिस स्कुलले आफ्नो १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसमा २०५ जना विद्यार्थीले पुरस्कार पाएका छन् ।

सोमबार भएको कार्यक्रममा शैक्षिक सत्र २०७८ मा प्रथम, द्धितीय र तृतीय हुने र वार्षिक खेलकुद प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको हो । स्कुलले फागुन ७, ८ र ९ गते सम्म तीन दिन वार्षिक खेलकुद कार्यक्रमको आयोजना गरेको थियो । भलिवल, फुट्सल, हाजिरिजवाफ प्रतियोगिता, रेस, सेक रेस लगाएत १२ वटा खेलहरुमा प्रतियोगित गराइएको प्रिन्सिपल जयबहादुर राईले जानकारी गराउनु भयो ।

विभिन्न विद्याका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, विशिष्ट अतिथि वडा नं। ६ का वडा अध्यक्ष खड्ग बस्नेत, विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मि भण्डारीले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि इङ्नामले नानीहरुले विद्यालयमा जुनसुकै विद्यामा गरेको उन्नती प्रगतीको हरेक अभिभभवकले कदर र उनिहरुको हौसला दिनुपर्नेमा जोड दिनुभएको थियो । गाउँपालिकाले पनि बुहारी शिक्षा, प्राविधिक शिक्षा अध्ययन गर्नेलाई छात्रावृती, कक्षा ११, १२ पढ्ने विद्यार्थीलाई निशुल्क गरिएको बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि ६ वडा अध्यक्ष खड्ग बस्नेत र अतिथि माउण्ट हर्मोन चिल्डेलन एकेडेमीका निर्देशक राजेश कार्कीले शुभकामना मन्तव्य दिनु भएको थियो ।

त्यसैगरी अतिथिहरु रमाइलो प्रहरी चौकीका प्रमुख धनश्याम पाण्डे, रेडक्रस सोसाईटी बयरवन शाखाका अध्यक्ष टिका बहादुर थापा, न्यू देवकोटा इङ्लिस स्कुलका प्रिन्सिपल नन्द कुमार राजवंशी, खिलाराज भट्राई लगाएत रहनुभएको थियो । कार्यक्रममा सांस्कृतीक नृत्यहरुले उपस्थित अभिभावकहरुलाई मनोरञ्जन गराएका थिए । नाटक, गायन, धिमाल, मगर, तामाङ जातीय गीतमा नृत्य प्रस्तुत गरिएको थियो । नृत्य शिक्षक र शिक्षिकाहरुले पनि नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्षता विद्यालय संचालक सदस्य अशोक फुयलले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रिन्सिपल जयबहादुर राईले गर्नुभएको थियो ।