सुन्दरहरैचाबाट प्रतिबन्धित औषधी सहित तीनजना पक्राउ

सुन्दरहरैचा । प्रतिबन्धित औषधी सहित सुन्दरहरैचाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी गस्ती टोलीले सुन्दरहरैचा १० स्थित त्रिबेणी चोकमा रहेको एक घरबाट बुधवार तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ईलाम पेल्टिमारी गाँउपालिका-३ घई भई सुन्दरहरैचा-१० त्रिबेणी चोक स्थित डेरा गरी बस्दै आएका २४ बर्षीय सुष्मिता लिम्बु, सोही कोठामा बस्दै आएका झापा पेल्टिमारी-३ का २१ बर्षीय सुजल तामाङ र मोरङ सुन्दरहरैचा-१० का २३ बर्षीय प्रेम खड्का रहेका छन ।

प्रहरीले उनिहरुको कोठा चेकजाँच गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको स्पासपेन- ८५ पिस र ट्रमाडोल-८५ पिस ट्याबलेट गरी १७० पिस नियन्त्रित औषधी बरामद गरेको छ ।