बेलबारी उद्योग वाणिज्य संघमा बढ्याे चुनावी सरगर्मी: यी हुन् अध्यक्ष पदका आकाक्षी

बेलबारी । बेलबारी नगरपालिकामा रहेको बेलबारी उधोग वाणिज्य संघको प्रथम साधारण सभा वैशाख २३ गते हुँदैछ । अधिवेशन कसरी सम्पन्न हुने तथा कसले नेतुत्व पाउँने भन्ने चासो अहिले स्थानीय व्यापारीहरुमा देखिएको छ ।

संघको चुनावी मिती नजिकिदै गर्दा दलहरुले समेत चुनाव लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आउन थालेका छन । मुख्य गरी तीन ठुला राजनीतिक दलभित्रै अध्यक्षको उम्मेद्वारी चयन गर्न सकस परिरएको छ । वैशाख २३ गते हुने वाणिज्य संघको अधिवेशनको लागि अहिले व्यावसायिहरु बिच चर्चा परिचर्चा हुनुका साथै माहोल तात्ने क्रम बढेको छ।

संघको अध्यक्ष पदका लागि काङ्ग्रेसबाट केदार अधिकारी, राजेशजंग कार्की, र राजु बस्नेतको नाम चर्चामा छ । त्यस्तै एमालेबाट अध्यक्ष पदमा माधवराज थापा नाम चर्चामा छ । माओवादीबाट अध्यक्ष पदमा तिलकप्रशाद राईको नाम चर्चामा छ । व्यापार व्यावसायिहरुको पक्षमा हुने यो निर्वाचन निजी क्षेत्रको ठूलो प्रतिष्पर्धा र चासोको विषय बनेको छ ।

काङ्ग्रेसबाट चर्चामा आएको नाम केदार अधिकारी उनी हाल वाणिज्य तर्फका उपाध्यक्ष हुन । राजेशजंग कार्की हाल कार्यवाहक अध्यक्ष हुन भने राजु बस्नेत कोषाध्यक्ष हुन । त्यस्ती एमालेबाट चर्चामा आएका माधवराज थापा हाल उधोग तर्फका उपाध्यक्ष हुन भने माओवादीबाट चर्चामा आएका तिलकप्रशाद राई संघको पुर्व उपाध्यक्ष  हुन । संघमा हाल सम्म करीब आठ सयको हाराहारीमा व्यापारीहरु आबद्द रहेका छन ।

बेलबारी व्यापार प्रबन्ध समिती र डागिहाट व्यापार प्रबन्ध समिती मर्च भएपछी प्रस्तावित बेलबारी उधोग वाणिज्य संघको समिती निर्माण भएको थियो । दुई व्यापार प्रबन्ध समिती एक भए पश्चात पैलो चोटी संघले साधारण सभा गर्न लागेको हो ।