८२ वर्षको उमेरमा पुस्तक ज्ञानथुङ्गा विमोचन

सुन्दरहरैचा । पुष्पराज घिमिरेको ज्ञाथुङ्गा पुस्तक विमोचन भएको छ । शिक्षण पेशामा आबद्द रहेका घिमिरेले आफ्नो दोस्रो पुस्तक सार्व्वजनिक गरेका हुन ।

सुन्दरहरैचा नगरपालिका ९ बस्ने घिमिरेले आफ्नो सासुआमा ९६ वर्षिय कमलादेवी सन्जेल र कान्छी माइजु ८३ वर्षिय दिघेमाया ढकालको हातबाट पुस्तक विमोचन गरेका हुन । विभिन्न मुक्तक , कविता, चुट्किला , कथा र अध्यात्म तिर पाइला चाल्दै यस अघी घिमिरेले ज्ञानथुङ्ग भाग १ प्रकाशित गरिसकेका छन ।

घिमिरेले आफ्न नातिहरुको प्रतबन्धको अवसर पारेर ५६ पृष्‍ठ रहेको पुस्तकमा आफुले लेखेका कथा कविता, मुक्तकहरुको सङ्ग्रह रहेको पुस्तक ज्ञानथुङ्गा भाग २ को विमोचन गरेका हुन ।