अनेरास्ववियुबाट सुकुनाको स्ववियु सभापतिमा मनोज,सचिवमा एलिसको उम्मेद्वारी

सुन्दरहरैचा । मोरङको सुकुना बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट विधार्थी संगठन अनेरास्ववियुले आफ्नो उम्मेद्वारी खडा गरेको छ ।

अनेरास्ववियुले अहिले सम्मा सभापति, सचिव र उपसभापतीका उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको छ । अनेरास्ववियुले सभापतिमा मनोज लामा कार्की र सचिवमा एलिस ओझालाई अगाडि सारेको छ ।

अगामी चैत ५ गते हुने स्ववियु निर्बाचनका लागि अनेरास्वबियुले तीन पदका लागि उम्मेद्वारको नाम सार्वजनिक गरे पनि अन्य पदका लागि भने नाम सार्वजनिक गर्न सकेको छैन । सुकुना क्याम्पसमा तीन विधार्थी संगठन बिच कडा प्रतिस्पर्दा हुने देखिन्छ । यद्दपी एकिकृत समाजवादी निकट विधार्थी संगठन अनेरास्ववियू र नेपाली काङ्ग्रेस निकट नेवी संघ र माओवादी निकट विधार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) बिच गठबन्धन हुने चर्चा छ ।

एकिकृत समाजवादी निकट विधार्थी संगठन अनेरास्ववियूबाट स्ववियु सभापतिमा सन्तोष लिम्बुले उम्मेद्वारी दिने भएका छन । नेपाली काङ्ग्रेस निकट नेवी संघ र माओवादी निकट विधार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले भने आफ्न उम्मेद्वारहरुको नाम सार्वजनिक गरिसकेको छैन ।




Leave a Reply

Your email address will not be published.