पथरिमा पोखरीमा डुबेर एक बालकको मृत्‍यु

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका-५ स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । पोखरीमा डुबेर पथरी शनिश्चरे-५ का अनिश आचार्यको अढाई बर्षीय छोरा आईस आचार्यको मृत्‍यु भएको हो ।

बालक आचार्यलाई बिहीवार दिउसो खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबीरहेको अवस्थामा उनको बुबाले फेला पारी उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगेकोमा उपचार हुन नसकि थप उपचारको लागि एड्भान्स अस्पताल दमक लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।