स्ववियु निर्वाचन: सुकुनामा सन्तोष लिम्बुको बलियो उम्मेद्वारी

सुन्दरहरैचा । स्ववियु निर्वाचन नजिकिदै गर्दा विधार्थी संगठनका नेताहरुको क्यापस सम्म चहलपहल बढ्दो छ । निर्वाचन अघी क्याम्पस नै नदेख्ने नेताहरु समेत अहिले स्ववियु निर्वाचनका कारण बिहानइ क्याम्पस जाने गर्दछन ।

दिनहु क्याम्पसमा कार्यक्रम हुने गर्दछ तर निर्वाचन अघी त्यस्ता क्याम्पसमा भएका कार्यक्रमा नदेख्ने विधार्थी नेताहरु अहिले निरन्तर क्याम्पसमा भएका कार्यक्रमाहरुको तस्विर सामाजिक सञ्जालमा हालेर आफु नेता हुने सावित गर्न तल्लिन छन ।

यसै बिचमा एकिकृत समाजवादी निकट विधार्थी संगठन अनेरास्ववियूले सुकुनामा आफ्नो गतिविधीलाई बढाउदै गएको छ । एमाले फुटेर बनेको एकिकृत समाजबादीका कारण यस पटक सुकुना बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन कस्ले जित्छ त्यो हेर्न बाँकी रहेको छ । एमाले निकट अनेरास्ववियूको क्याम्पसमा जनमत राम्रो रहेता पनि पार्टी फुटे पछी अनेरस्ववियुको गतिविधी कमजोर रहेको छ ।

सुकुनामा अनेरास्ववियुको अध्यक्ष मिलन बस्नेत रहदा क्याम्पसमा एक छत्र अनेरास्ववियुको गतिविधी रहन्थ्यो । त्यसमा काङ्ग्रेस निकट नेवी संघ निरिह बन्थ्यो । तर बस्नेत माधव नेपालको एकिकृत समाजअवादी तर्फ आएपछी नेवी संघलाई हौसला बढेको छ । एकिकृत समाजवादी निकट अनेरास्ववियू तर्फबाट सुकुणा स्ववियु सभापतिमा सन्तोष लिम्बुले दाबी गर्दै आएका छन ।

काङ्ग्रेस निकट नेवी संघले समेत सभापतिमा दाबी गर्दै आउँदा नेवी संघको भने एकिकृत समाजवादी निकट अनेरास्ववियूलाई सभापतिमा पदमा मौन समर्थन रहेको छ । नेवी संघले सभापति एकिकृत समाजवादी निकट अनेरास्ववियूलाई छाडेर अन्य पद लिने दाउमा छ । लिम्बु यस अघिका समेत स्ववियु सभापति हुन । आफु सभापति हुँदा जिरन्तर क्याम्पस आएर विधार्थी माझ छाउने गरेका लिम्बुको यस पटक समेत उनी बलियो उम्मेद्वार हुन ।

सुन्दरहरैचाको एक सस्थाले सुकुनाका विधार्थीको अन्तर्वाता लिदा सोधिएको प्रश्न ” तपाईंको विधार्थी नेता को हो भन्ने ?” उत्तरमा समेत विधार्थीहरुले सन्तोष लिम्बुको नाम लिदै आएका छन । यस कारण समेत लिम्बु यस पटक सुकुना स्ववियु सभापतिको बलियो उम्मेद्वार रहेका छन ।