बेलबारी प्रहरीका इन्सपेक्टर खगेन्द्र धमलाको सरुवा

सुन्दरहरैचा । ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक खगेन्द्र धमलाको सरुवा भएको छ । धमलाको नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा सरुवा भएको हो ।

पाल प्रहरीका १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको हो । ईलाका प्रहरी कार्यालय बेलबारीमा भने उदय शमशेर जवरा आउने भएका छन ।

जवरा काठमाण्डौ एयरपोर्टबाट ईलाका प्रहरी कार्यालय बेलबारीमा आउन लागेका हुन । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ ।