चिनारीले मनायो १३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं २ मा रहेको चिनारी बोर्डिङ स्कुलको १३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मंगवलार सम्पन्न भएको छ । विरेन साम्बाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

एन प्याव्सन मोरङका अध्यक्ष सुनिल दत्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले आफ्नो कलाकौशल प्रदर्शनी गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, कविता लगायत विभिन्न प्रतिभामार्फत मनोरञ्जन प्रदान गरेका थिए । अभिभावक दिवसका अवसरमा आयोजित बेलुन फुटाउने (पुरुषत) तर्फ का प्रथम, द्धितिय र तृतिय, फुटवल प्रतियोगिताका विजेता, तातो आलु(महिला) तर्फ का प्रथम, द्धितिय र तृतिय लगायतका अभिभावकलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमका विषिष्ट अतिथि पथरीशनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना राई, अभिभावक संघका अध्यक्ष नवराज न्यौपाने लगायतले शुभकामना राखेका थिए । वि.सं २०६७ सालमा स्थापित उक्त बोर्डिङ एन. प्याव्सन मोरङमा पहिलोपटक आवद्ध हुने बोर्डिङ हो ।