प्रदेशसभा सचिवालय भवन आसपास निषेधित क्षेत्र ताेकियाे

विराटनगर । प्रदेश १ को नाम ‘कोसी’ राख्न नेकपा एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् । यी दुई ठूला दलको पक्षमा राप्रपा पनि छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले भने फरक मत राखेका छन् ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार दलहरुबीच सहमति भए आजै प्रदेशसभामा नामको प्रस्ताब टेबल हुनेछ । प्रदेश १ काे प्रदेशसभामा प्रदेशकाे नामकरणकाे कार्यसूचि राखिएपछि प्रदेशसभा सचिवालय भवन रहेको आसपास निषेधित क्षेत्र तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विराटनगर स्थित देवकोटा चौक देखी कोशी अस्पातल सम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री कार्यालय वरपर र मुख्यमन्त्री निवास वरपर कुनै जुलुश तथा सभा गर्न पाइने छैन ।