विद्यार्थिका समस्या समाधानका लागी क्याम्पस प्रमुखलाई ने.वि संघको आग्रह

पथरी / विभिन्न ९ बुँदे माग राख्दै ने.वि संघ इकाई समिति पथरीले क्याम्पस प्रमुखलाई पत्र बुझाएको छ ।

पुस्तकालयमा पर्याप्त पुस्तकको ब्यवस्था,कक्षाकोठामा रंग रोगन र फर्निचर मर्मत तथा छात्राहरुलाई सेनेटरी प्याडलाई निरन्तरता लगायतका माग राख्दै शुक्रबार क्याम्पस प्रमुखलाई ने.वि संघले पत्र बुझाएको हो । ने.वि संघले अघिल्लो पटक बुझाएको माग पत्रको समेत हालसम्म कुनै सुनुवाई नभएको ने.वि संघ पथरी बहुमुखि क्याम्पसका इकाई सभापति केशर राईले बताए । विद्यार्थीले कुनै समस्यामा नपरी निर्धक्क अध्ययन गर्ने बातावरण बनाइदिन समेत ने.वि.संघले क्याम्पस प्रमुखलाई आग्रह गरेको छ ।