इन्द्रपुर जेसिजको रक्तदान कार्यक्रम सम्पन्न

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा स्थित इन्द्रपुर जेसिजको आयोजना तथा इन्द्रपुर जुनियर जेसिजको सह आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उत्त रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको थियो । नेपाल रेडक्रस सोसाईटी विराटनगरको प्रविधिक सहयोगमा रक्तदान भएको थियो ।

रक्तदान जिवनदान भन्ने मुल नारा अनुसार मानिसको जिवनमा अति आवश्यक पर्ने रगतको आभावलाइ पूरा गर्ने उदेश्यले कार्यक्रम गरिएको इन्द्रपुर जेसिज अध्यक्ष विना आचार्य सुवेदीले जानकारी दिइन् ।