मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको अडिसन दमकमा हुँदै, विजेताले पाउनेछन १/१ करोड पुरस्कारराशि

झापा / इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएरहेको नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को अडिसन झापाको दमकमा हुने भएकोे छ । प्रदेश नम्बर १ को पुर्वी क्षेत्रका लागि झापाको दमक ९ स्थित श्री सरस्वती सेकेन्डरी स्कुलमा यहि फागुन २० र २१ गते फिजिकल अडिसन हुने भएको हो ।

दमक स्थित नेपालीरिका होटलमा बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले उक्त कुराको जानकारी दिएको हो । फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको अफिसियल वेबमार्फत आवेदन दिन सक्ने जनाएको छ ।

१८ वर्ष माथिका व्यक्तिले यस प्रतियोगिताको लागि आवेदन दिन सक्नेछन् । यी शोहरुमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरेर रजिष्टर गर्न सकिन्छ । कार्यक्रममा बोल्दै फाउन्डेसनका नेपाल कोडिनेटर राम बानिया भन्छन् “हामी हाम्रो सस्कार संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नु हो । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।”

शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन् ।

साथै मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि।सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमान राई समावेश छन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले एक करोड रुपैयाँ पाउनेछन् । फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेण्ड रनरअपल २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेण्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत् रहने चलचित्र निर्माता एवम् कार्यक्रम संचालक राजेस घतानीले जानकारी दिए ।