बेलबारीमा बसले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

अनु निरौला । बेलबारी / मोरङको बेलबारी नगरपालिकामा बसले साईकललाई ठक्कर दिदाँ एकजनाको मृत्‍यु भएको छ भने अर्का एक जना घाइते भएका छन । बेलबारी नगरपालिका १ शिशौली चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको २ वटा साईकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट साईकल यात्री बेलबारी २ का १९ बर्षीय लेखनाथ चौहानको मृत्‍यु भएको हो । चौहानको उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । सोही बसले ठक्कर दिएको अर्का साईकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।