बेलबारीमा प्रदेश प्रहरी अस्पतालको उद्घाटन

बेलबारी / प्रदेश १ मा पहिलो प्रहरी अस्पतालका रुपमा प्रदेश प्रहरी अस्पताल शुरु भएको छ । बुधवार नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले सो अस्पातलको उद्घाटन गरेका हुन ।

बेलबारी नगरपालिका वडा नं ३ मा रहेको पुरानो ईलाका प्रहरी कार्यलय भएको भवनमा १५ बेडको प्रदेश प्रहरी अस्पातल बनेको हो । १ नम्बर प्रदेशमा रहेका पुर्व प्रहरी कर्मचारी, अमररअशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रीत परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उदेश्यले प्रदेश प्रहरी अस्पताल संचालनमा ल्याईएको प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले बताए ।

प्रहरी महानिरिक्षक सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले स्थानीयवासीहरुले समेत सेवा पाउने हुँदा सबै किसिमका बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन हुन कार्यरत प्राबिधिक प्रहरी कर्मचारूहरूलाई निर्देशन समेत दिएका छन ।

१५ बेडको सो अस्पतालका लागि ५१ जनाको दरबन्दी स्वीकृत भएको छ । अस्पतालमा ३ जना बिशेषज्ञ चिकित्सक र ७ जना प्राबिधिक रहने छन । उदघाटन कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख ,उपप्रमुख,उर्लाबारी नगरपालिकाका नगरप्रमुख केराबारी गाउपालिकाका अध्यक्ष ,ग्रामथान गाउपालिकाका अध्यक्ष लगायत अन्य विभिन्न संघसस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए ।