न्यू पेगोडाको ३१ औँ वार्षिकोत्सव सम्पन्न

पथरी / मोरङको पथरीशनिश्चरे–१ मा रहेको न्यू पेगोडा अंग्रेजी बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त वार्षिकोत्सव कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, पूर्व अभिभावक तथा पूर्व विद्यार्थीहरुलाई समम्मान समेत गरिएको थियो ।

कार्यक्रमका अवसरमा सोही विद्यालयमा अध्ययन गरी हाल शिक्षण पेशााम आवाद्ध रहेको भन्दै सुनाखरी माविका प्रधानाध्यापक नरेन्द्र घिसिङ तामाङलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमकै अवसरमा ७ जना पूर्वअभिभावकका साथै विभिन्न विधामा स्थापित आफ्ना पूर्ब विद्यार्थीहरु तथा शिक्षिकालाई सम्मान तथा पुरस्कार वितरण गरेर बार्षिक उत्सव मनाएका हुन् । कार्यक्रममा सोही विद्यालयमा अध्ययन गरेका बाल पण्डित युगलकिशोर अधिकारी, कलाकार अनुप राउतलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा नगरको शिक्षा बिभागका अधिकृत नवीन खुलाल, १ नं। वडा अध्यक्ष भीमकुमार राई लगायतले शुभकामना दिएका थिए ।

बार्षिक उत्सवको अवसरमा अभिभावक वीच खेलाइएको बिभिन्न खेलमा बिजेताहरु र नर्सरीदेखि कक्षा १० सम्मका पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेर उपस्थिति अभिभावक र विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।