रेखा थापा एमालेनिकट अनेरास्ववियुको स्थायी कमिटीमा निर्वाचित

नेकपा एमालेनिकट विद्यार्थि संगठन अनेरास्ववियुको निर्वाचनमा स्थायी कमिटि प्रदेशगत कर्णाली प्रदेशबाट महिला कोटामा रेखा थापा विजयी भएकी छिन् । रेखाले आफ्नी प्रतिद्धन्दी विवेचना खनाललाई फराकिलो मतान्तरले पछि पार्दै विजयी बनेकी हुन् ।

आज विहान (शुक्रबार) सम्पन्न मतपरिणामअनुसार रेखा थापाले ६१२ मत ल्याएर विजयी बनिन भने उनकी प्रतिद्धन्दी विवेचना खनालले ३९९ मत ल्याएकी थिइन् । ७ वर्षपछि भएको अनेरास्ववियुको २३ औँ महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित बनेका छन् । बडालले ९६२ मत ल्याएर विजयी बने भने उनका प्रतिद्धन्दी आर.सि लामिछाने ३५६ मतमा सिमित रहनुपर्यो ।