लक्ष्मी मा.वि.मा बेलबारीमै पहिलोपटक डिजिटल क्विज सम्पन्न


बेलबारी नगरपालिकाको आर्थिक सहयोग तथा लक्ष्मीम.वि.बेलबारी-११(लक्ष्मीमार्ग) मोरङको आयोजनामा हिजो फागुन ५ गते शुक्रबार बेलबारी नगरपालिका स्तरीय अन्तर मा.वि.हाजिरिजबाफ(डिजिटल क्विज)प्रतियोगिता लक्ष्मी मा.वि.बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गर्वराज राई ज्युको सभापतित्व,बेलबारी ११ का वडा अध्यक्ष बिक्रम राई ज्युको प्रमुख आतिथ्यता तथा शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख श्री भुपेन्द्र कोइराला ज्युको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ।बेलबारीका १० वटा सामुदायिक माध्यमिक बिद्यलयहरु सहभागी रहेको उक्त  प्रतियोगितामा बेलबारी-४ मा अबस्थित कसेनी मा.वि. बाट सहभागी बनेको पविन बि.क.,अस्मिता अधिकारी र सुदिप रोकाको समूह प्रथम,बेलबारी-९ मा अबस्थित जनता नमुना मा.वि. बाट सहभागी बनेको सुशान्त चौधरी,भुमिका राई र अर्जुन कार्कीको समूह द्वितीय र बेलबारी-१० मा अबस्थित महेन्द्र मा.वि. बाट सहभागी बनेको अनमोल याक्खा ,अनु याक्खा र योगेश ठाकुरको समूह तृतीय स्थान हासिल गर्न सफल भएकोका छन।प्रथम,द्वितीय र तृतीय हुने समुहलाई क्रमशः नगद रु.५०००,ट्रफी र प्रमाणपत्र,नगद रु.३०००,ट्रफी र प्रमाणपत्र र नगद रु.२०००,ट्रफी र प्रमाणपत्र पदान गरिएको थियो साथै सहभागी सम्पूर्ण बिद्यालयहरुलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।लक्ष्मी मा.वि.को सभाहलमा सम्पन्न कार्यक्रममा लक्ष्मी मा.वि.का प्रधानाध्यापक तुलसीराम खरेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको महत्त्व र औचित्य माथी प्रकाश पार्नु भएको थियो भने विशिष्ट अतिथी भुपेन्द्र प्रसाद कोइरालालाले कार्यक्रममा महत्त्वपूर्ण भनाईहरु राख्नु भएको थियो।कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि कोइरालाले अतिरिक्त क्रियाकलापहरुले बिद्यार्थिहरुमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने र क्विज लगायतका कार्यक्रमहरु नियमित रुपमा आयोजना गरि कक्षा एक प्रथम अनेकको अबधारणालाई अगि बढाउनुपर्ने कुरालाई जोड दिनु भयो।बेलबारी नगर भित्रका सामुदायिक बिद्यालयहरु साधन र स्रोतले सम्पन्न भैसकेको बर्तमान अबस्थामा हरेक बिद्यालयले यस्ता प्रबिधिमैत्री कार्यक्रम संचालन गर्नुपर्ने साथै  क्लस्टरगत रुपले बिबिध कार्यक्रम संचालन गर्न अतिआबस्यक रहेको र आफू उक्त कार्यका लागि सदैब तत्पर रहेको कुरा समेत उल्लेख गर्नु भयो। प्राविधिमा आधारित बेलबारीमै पहिलोपटक संचालित डिजिटल क्विजमा आयोजक बिद्यालयका सुचना अधिकारी/शिक्षक भुवन कार्कीले क्विज मास्टरको भुमिका निर्बाह गरि क्विज खेलाउनु भएको थियो।फरक अबधारणाबाट सम्पन्न उक्त कार्यक्रममा क्विज सम्पन्न भए संगै प्रतिनिधित्वमुलक ढंगबाट सहभागी बिद्यार्थि र संरक्षक शिक्षकको समेत अभिमत लिइएको थियो। नमुना कार्यक्रमका रुपमा सम्पन्न उक्त क्विजको प्रश्न पत्र निर्माण,प्रश्न पत्रको डिजिटलाइजेसन,प्राबिधिक ब्यबस्थापन लगायतको सम्पूर्ण कार्यभार बिद्यालयका शिक्षक द्वय भुपराज अधिकारी र अस्मिता रायमाझीले गर्नु भएको कुरा लक्ष्मी मा.वि.का सहायक प्र.अ.राजेश बस्नेतले बताउनु भयो।कार्यक्रम सफलता पुर्वक गरेको सम्पन्न गरेको लक्ष्मी मा.वि.पछिल्लो समय बेलबारीकै एक सफल र उदाहरणिय बिद्यालयका रुपमा परिचित समेत छ।