लक्ष्मी मा.वि.ले सम्पन्न गर्यो २ दिने तालिम

बेलबारी:नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको आयोजना तथा लक्ष्मी मा.वि.बेलबारी-११(लक्ष्मीमार्ग) मोरङको आतिथ्यतामा विद्यालयमा आधारित २ दिने प्राथमिक उपचार तथा सडक सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएकोछ।फागुन ३ र ४ गते संचालित तालिमको सहजीकरण ने.रे.सो.मोरङ शाखाका प्रशिक द्वय सुशील घिमिरे र थमराज लिम्बुले गर्नुभएको थियो।३१ जना विद्यार्थीहरु सहभागी रहेको उक्त तालीमको आजै समापन भएको हो। २ दिने उक्त तालिम कार्यक्रमको समापन जु.रेस.लक्ष्मी मा.वि.का संरक्षक तथा प्रधानाध्यापक तुलसिराम खरेलको अध्यक्षतामा सम्पन्न भएको कुरा जु.रे.स.लक्ष्मी मा.वि.का शिक्षक नायक तथा सुचना अधिकारी भुवन कार्कीले बताउनु भयो।