आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन

काठमाडौं / इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को अध्यक्षमा सुधीर पराजुली पुनः चयन भएका छन् । आइस्पानको सोमबार सम्पन्न भएको २२औं वार्षिक साधारण सभाबाट पराजुली सर्वसम्मत रुपमा अध्यक्षमा पुनः चुनिएका हुन्।

यसैगरी, उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ, सचिवमा भने सुरेन क्षेत्री र कोषाध्यक्षमा पुष्कर बडाल चयन भएका छन्।  छानिएका छन्। कार्यकारी सदस्यहरुमा कमल बास्तोला, सुदीप आचार्य, मधु अमात्य र सुजन थापा निर्वाचित भएका छन्।