सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

बेलबारी । सहिद दिवसको अवसर पारेर बेलबारी जेसिजको आयोजनामा सोमबार साझ दिप प्रज्ज्वलन तथा झण्डाेत्तलन कार्यक्रम सम्पन्न भएको छ।

बेलबारी जेसिज वर्ष २०२३ का अध्यक्ष ऐश्वर्य प्रसाद आचार्यको अध्यक्षतामा र बेलबारी न.पा.२ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङको प्रमुख आथित्यतामा बेलबारी २ स्थित लाल्भित्तिमा जेशिज स्तम्भ अगाडी सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बेलबारी जेसिसका संस्थापक अध्यक्ष माधबराज थापा,बर्स २०१८ का अध्यक्ष राजन प्रसाइ,साहित्यकार केसु बिरही,बेलबारी जेसिजमा आबद्द विभिन्न ब्याक्तित्व ,समाजसेवी लगायतको उपस्थिती रहेको थियो।




Leave a Reply

Your email address will not be published.