पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी

मोहम्मद हबिब
भैरहवा / सुचना तथा सञ्चार प्राविधिको प्रयोग गरी रुपन्देहीको रोहिणी गाउँपालिले नगरका महत्वपूर्ण क्षेत्रको निगरानी र सुरक्षा अत्याधुनिक सीसी क्यामराले गरेको छ । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पालिका क्षेत्रमा रहेका व्यस्त क्षेत्र, मुख्य मार्ग, विद्यालय, प्रशासनिक तथा वडा कार्यालय, स्वास्थ्य चौकी क्षेत्रको सीसी क्यामेराबाट निगरानी गर्न थालिएको हो ।

सेवाप्रदायक कार्यालयहरुमा सुशासन र पारदर्शीताको लागि प्रदान गर्ने सेवा सुविधालाई चुस्तदुस्त पार्न कार्यालयको निगरानीको लागि सिसि क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यालय वा सडकमा हुने गतिविधि  निगरानी गर्ने उद्देश्यले पािलकाले सीसी क्यामरा जडान गरी नियमन गरिरहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।  क्यामरा जडानपश्चात कार्यालयको कामलाई चुस्तदुस्त र पारदर्शी बनाउन सहयोग पुगेको र सबाट कर्मचारीले सेवाग्राहीको कामकाज चुस्तदुस्त रुपमा गरे नगरेको निगरानी गर्न सजिलो भएको यादवले बताए ।