सुन्दरहरैँचामा टिफरको ठक्करले बालिकाको मृत्‍यु

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका १२ भित्रि सडक खण्डमा टिफरले हानेर एक बालिकाको ज्यान गएकाे छ । मङ्गलबार करीब ४ बजेको समयमा दक्षिणबाट आउदै गरेको को १ ख ६८२५ नम्बरको टिफरले ठक्कर दिएको थियो ।

ठक्करबाट अजित चौधरीको १८ महिने छोरी अननियाको ज्यान गएको प्रहरीले जनाएको छ । घटना पछि टिफर र चालक केराबारी १० का राजकुमार लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सव पोष्टमाटमकालाई मङ्गलबारे अस्पताल पठाइएको जनाइएको छ ।