बागलुङ / १५ वर्षीया आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाग्लुङमा छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३३ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले गत असोज ४ गते श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले सोमबार (माघ ९ गते) दिएको उजुरीका आधारमा बुबालाई पक्राउ गरिएको बताए ।