भुपेन्द्र राई प्रदेश १ मा कांग्रेसका प्रमुख सचतेक नियुक्त

बिराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन । नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले प्रमुख सचेतकमा राईलाई नियुक्त गरेका हुन ।

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको बिद्यान २०७४ को दफा ११ (१) मा व्यवस्था भए अनुसार तपाईलाई प्रदेश नम्बर १ को संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको छ’, दलका नेता थापाले काटेको पत्रमा उल्लेख छ ।