क्रिकेटर मेहबुब र आदिल पक्राउ

काठमाडौं । क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन् । स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी–२० लिमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।