काम गर्न नसके राजीनामा दिनू : मन्त्री किराती

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन ।

वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न र निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न अध्यक्ष अधिकारीलाई निर्देशन दिएका छन ।

मन्त्री किरातीले काम गर्न नसके राजीनामा दिएर जान कर्मचारीलाई आग्रह समेत गरेका छन । मन्त्री किरातीले कर्मचारीलाई लक्षित गर्दै भने ” हातखुट्टा लामखुट्टेको जस्तो भएपनि काम भने नगर्ने संस्कृति रहेको छ ।”