बेलबारी काङ्ग्रेसबाट निकालिए कोषाध्यक्ष सहित दर्जनौ विभागका संयोजकहरु

बेलबारी । नेपाली काङ्ग्रेस बेलबारी नगर कमिटिले विभिन्न विभागहरुमा मनोनित गरेका व्यक्तीहरुलाई हटाउने निर्णय गरेको छ । पौष २२ गते बसेको बेलबारी नगर कमिटिको बैठकले यस अघी विभिन्न विभगमा नियुक्ती गरेका व्यक्तीहरुलाई हटाउने निर्णय गरेको हो ।

बुधवार नगर सभापति छत्र लिम्बुद्वारा हस्ताक्षर गरिएको एक विज्ञप्तीमा भनिएको छ” “पार्टिलाई चलायमान बनाउन यस अघी गठित विभिन्न विभागका संयोजकहरुलाई हटाउने निर्णय गरेको हो । यसबाट पर्न जाने असुविधालाई मध्यानजर गर्दै नयाँ जिम्मेवारी तोकिने छ ।”

विभिन्न विभागहरुमा तोकिएको जिम्मेवारी अनुसार उचित काम नभएको भन्दै पार्टिको बैठक बसी उक्त जिम्मेवारीमा रहने व्यक्तीहरुलाई हटाइएको सभापति लिम्बुले बताए । नगर सभापतिले नेपाली काङ्ग्रेस विधान २०१७ (नौ सषोधन सहित)को धारा ९ को उपधारा २ को ‘क”२ ले प्रत्यारोजन गरेको अधिकार भित्र रहेर लगभग २ दर्जन जती विभागहरुमा विभिन्न व्यक्तीहरुलाई जिम्मेवारी तोकेका थिए ।

सभापति लिम्बुले दीपेन्द्र खुलाललाई शिक्षा विभाग, कुलप्रसाद बराललाई सुचना तथा सञ्चार विभाग, बलबहादुर सुब्बालाई प्रशासन विभाग, विकी मगरलाई कृषि विभाग र सुनिता चौधरीलाई कोषाध्यक्षमा मनोनित गर्दै जिम्मेवारी दिएका थिए । लिम्बुले उक्त विभागमा नियुक्ती गरेका सबै व्यक्तिहरुलाई खारेज गरेका हुन ।