विराटचौकमा एलिना चौहान आउँदै

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकमा मा मक्कर स्नान मेला तथा सास्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । माघ १ गते वडा नं ९ स्थित विराटचौकमा रहेको काली मन्दिरको प्रागणमा मेलाको आयोजना हुन लागेको हो ।

उक्त एक दिने मेलामा गायिका एलिना चौहान आउँने भएकी छन । मेला तथा सास्कृतिक कार्यक्रम मंगल स्‍मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको मेला संयोजक गोविन्दप्रसाद अधिकारीले जानकारी दिए ।