राष्ट्रिय जनसाहित्यिक सङ्‌घले मनायो ३५ औ स्थापना दिवस

बेलबारी । राष्ट्रिय जनसाहित्यिक महासङ्‌घ, नेपालको ३५ औ स्थापना दिवसको उपलक्ष्यमा राष्ट्रिय जनसाहित्यिक सङ्‌घ, मोरङ जिल्ला समितिले `सिर्जना प्रस्तुतीकरण कार्यक्रम´ शनिवार सम्पन्न गरेको छ ।

प्रमुख अतिथि महासङघको १ नम्बर प्रदेश इन्चार्ज प्रा.डा. बद्री बिशाल पोख्रेलको उपस्थितिमा उक्त कार्यक्रमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी पोखरेलले अबको साहित्य विचार र समृद्धिका लागि लेखिनुपर्ने बताएका छन ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथी ईरान राईले विकृत राजनीतिलाई सही मार्गमा हिँडाउन साहित्यले भूमिका खेल्नुपर्ने र यो समितिको कार्यकालमा एउटा चिरस्मरणीय कार्य गर्नुपर्ने बताएका छन । कार्यक्रममा बिशिष्ट अतिथिहरुमा प्रदेशका सल्लाहकार ईरान राई, पुर्व माननीय तथा पुर्व राजसाम को केन्द्रिय उपाध्यक्ष मधु गुरुङ, राष्ट्रिय जनसांस्कृतिक महासङ्‌घ, नेपालको केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज रेखा सुबेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न स्थानहरुबाट आएका २१ जना स्रष्टाहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए ।




Leave a Reply

Your email address will not be published.