सुन्दरहरैचाका चारवटा क्रसर बन्द

सुन्दरहरैचा । अवैध रूपमा सञ्चालित सुन्दरहरैचाका चारवटा क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । दर्ता भई नबिकरण नभएका र दर्ता नभई सञ्चालनमा आएका ४ वटै क्रसर उद्योगहरु मंगलबार देखि बन्द भएका हुन् ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन, सशस्त्र प्रहरी, आन्तरिक राजस्व कार्यालय सहित विभिन्न टोलीले स्थलगत अनुगमन गरी क्रसर उद्योग वन्द गर्न गराउन परिपत्र गरेसंगै अनिश्चित कालका लागि क्रसर उधोग बन्द भएको हो ।

सुन्दरहरैचामा नरेद्र सोनी र संजय अटल सञ्चालक रहेका दुईवटा क्रसर पशुपती स्टोन क्रसिङ उधोग प्राली र जयश्री तिरुपती क्रसर इन्ड्रस्ट्रिज प्राली, शारदाप्रसाद ढकाल सञ्चालक रहेको पुर्वाञ्चल क्रसर उधोग प्राली लगायतका क्रसर उद्योगहरु बन्द भएका हुन ।