सुन्दरहरैचाका होटलमा अनुगमन

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका मा रहेका होटलहरुको सोमबार र मंगलबार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजनामा सोमबार र मंगलबार सुन्दरहरैंचा नगरपालिका र सुन्दरहरैंचा उद्योग वाणिज्य संघका प्रतिनिधिको सयुक्त टोलीले सुन्दरहरैंचा नगरपालिकामा रहेका होटलहरुको अनुगमन गरेको हो ।

उक्त कार्यालयले होटलको स्वच्छता सम्बन्धी विभिन्न ५० वटा मापदण्डमा आधारित रहेर अनुगमन गरेको थियो । टोलीले सुन्दरहरैचा नगरपालिका भित्र १२ वटा होटलमा अनुगमन गरेको थियो ।

सुन्दरहरैंचाका स्वाद रेष्टुरेन्ट, प्लानेट लाउञ्ज, गोर्खा किचन, कफी क्लब, मुस्ताङ थकाली र विराटचोक बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकन, सिर्जना क्याफे, सिजिलिङ फायर, नेपालीरिका होटल,सियु क्याफे, सिसा रेष्टुरेन्ट लगायतका होटलमा अनुगमन गरिएको गरिएको थियो । अनुगमन गरिएकामध्ये केही होटलमा म्याद गुज्रिएका सामान पाएपछि नष्ट गरिएको थियो ।