पथरीशनिश्चरे नगरपालिकाका मेयर तुम्बापो विवादमा

पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्बापो विवादमा मुछिएका छन् । गएराति करिब ११ बजे मेयर तुम्बापोले गरेको एक कमेन्टका कारण उनि बिबादमा मुछिएका हुन् ।

करिब २ वर्षअघि कान्तिपुर टेलीभिजनले नेकपा एकिकृत समाजबादिका अध्यक्ष माधवकुमार नेपालसँग लिएको अन्तरबार्तामा मेयर तुम्बापोले गयराति कमेन्ट गरेका थिए । कमेन्टमा ‘लोभि बाहुन, लाज सरम छैन, हारेर एकछिन सत्ता बाहिर बस्न नसक्ने टपरे लाज पचेको ढाँट साले लुच्चा’ । तुम्बापोले लेखेको ‘टपरे’ र ‘लुच्चा’ शब्द तुच्छ सम्बोधन भएको भन्दै नगरबासिले चर्को आलोचना गरेका छन् ।सोहि बिषयमा प्रतिक्रिया दिदै पथरीशनिश्चरेका पत्रकार भिमराज अधिकारीले लेखेका छन् – ‘तपाईंको चेतना स्तर के यहि हो मेयर साब ? तपाईं मोहन तुम्वापो मात्रै हैन् समग्र पथरीशनिश्चरेको मेयर हो । राज्यको एउटा निकायको प्रमुख हो । कि जे मन लाग्छ बोल्दा हुने हो ?’

उनले गरेको सम्बोधनप्रति आपत्ति जनाउदै नेकपा एमालेका नगरउपाध्यक्ष समेत रहेका उमानाथ अधिकारी लेख्छन् ‘सबै जाती, बर्ग र समुदायका मतदाताहरुको मतबाट निर्वाचित मेयर जस्तो गरिमामय पदमा आसिन ब्यक्तिबाट अभिब्यक्ति भएको शब्द उनिभित्र रहेको कुनै जात वा समुदायमाथी को निकृष्ट धारणा हो म ब्यक्तिगत रुपमा सो कुराको घोर भत्र्सना गर्न चाहन्छु’ ।