बेलबारी जेसिजको पदस्थापना कार्यक्रम सम्पन्न

बेलबारी । बेलबारी जेसिजको नव निर्वाचित बोर्डको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बेलबारीमा रहेको मदनमोहन आश्रित पुष्परत्न सास्कृतिक भवनमा शनिबार एक कार्यक्रम गरी पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

समितिको महासचिवमा सियोम सुवेदी र कोषाध्यक्षमा जनम नेपाल कानुनी सल्लाहाकारमा अचुत पौडेल मनोनित भएका छन् । जेसिज वर्ष २०२२ ले वर्ष २०२३ लाई पद हस्तान्तरण गरेसँगै जेसीज बेलबारी वर्ष २०२३ समितिले पूर्णता पाएको छ । जेसीज बेलबारी वर्ष २०२३ को अध्यक्षमा एश्वेर्यप्रसाद आचार्य “विपिन” चयन भएका छन् ।

बेलबारी जिसिजले हरेक वर्ष विभिन्न विधामा विभिन्न व्यक्तीहरुलाई पुरस्कार वितरण गर्दै आएको छ । पदस्थापना कार्यक्रम अवसर पारी बेलबारी जेसिज स्थापना वर्ष देखी हाल सम्म अध्यक्ष हुने व्यक्तीहरुले यस वर्ष सात जना व्यक्तीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । सम्मानित हुनेहरुमा Active member of the year  मा सम्मानित हुने ओमनाथ गौतम, उत्कृष्ट खेलाडीमा कुसुमा राजावंशी, Outstanding jaycees of the year मा बिकास बुढाथोकी,  Best coordinator of the year मा विप्लब पोखरेल,  Local business promotted award मा विजय सुवेदी, स्व कृष्णलाल/ख्यामकुमारी सुवेदी स्मृति सम्मानमा सिता गुरुङ रहेका छन ।

जेसिज वर्ष २०२२ का अध्यक्ष नवराज सुवेदीको अध्यक्षता तथा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल जेसिज बर्ष–२०२३ का राष्टिूय उपाध्यक्ष स्वस्तिमा आचार्य, केराबारी गाउपालिकाका अध्यक्ष सुमन मिरिचिङ मगर, नेपाली काङ्ग्रेस महसमिती सदस्य महेन्द्र सुवेदी, नेकपा एमाले बेलबारी नगर अध्यक्ष ईरान राई, युवा नेता शम्भु भट्टराई, बेलबारी उधोग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजेशजंग कार्की, बेलबारी प्रज्ञा प्रतिस्ठानका अध्यक्ष रेखा सुवेदी लगायतको उपस्थिती रहेको थियो ।