बेलबारीमा साहित्यिक पत्रीका “रचना” को बेलबारी विशेषाङ्क सार्वजनिक

बेलबारी । साहित्यिक पत्रीका “रचना” को बेलबारी विशेषाङ्क १७९ र बालक गुरुङको “मोरङ जिल्ला बेलबारी नगर” गीत सार्वजनिक गरिएको छ । बेलबारी प्रज्ञा प्रतिष्ठानले बिहीवार नगर कार्यपालिकाको सभाहलमा एक कार्यक्रमा गरी सार्वजनिक गरेको हो ।

“रचना” पत्रीकामा ४८ जना सर्जकहरुद्वारा लेखिएको लेख रचनाहरु समावेश गरिएको रचना साहित्यिक पत्रीका बेलबारी विशेषाङ्क १७९ का सम्पादक ईरान राईले जानकारी दिए । त्यस्तै बालक गुरुङको ” मोरङ जिल्ला बेलबारी नगर” बोलको गीतमा राजेश पायल राईको स्वर रहेको छ भने भिडियो गीतमा बेलबारीको समग्र बिषय वस्तुहरुलाई समेटिएको छ ।

विगत ६२ वर्ष देखी भाषा तथा साहित्यको प्रवर्धन गरिरहेको दुई महिने साहित्यिक पत्रीका “रचना” को प्रधान सम्पादक रोचक घिमिरे रहेका छन । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले साहित्यिक पत्रीका “रचना” र “मोरङ जिल्ला बेलबारी नगर” बोलको गीत सार्वजनिक गरेका हुन ।