सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई शर्माको आग्रह

विर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्ठन निर्माणमा केन्द्रित हुने बताएका छन । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब पाँच वर्षपछि सरकार बनाउने गरी सङ्गठन निर्माण र बिस्तारमा लाग्ने बताए ।

सत्ता समीकरणको फेरबदललाई अनपेक्षित घटनाको संज्ञा दिँदै उनले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई पनि अपदस्थ गरिएको इतिहास रहेको बताए ।

चुनावअघिको कांग्रेस नेतृत्वको समीकरण चुनावपछि भत्किएको विषयमा पार्टीभित्र निर्मम र गम्भीर समीक्षा हुने उनले कार्यकर्तालाई आश्वस्त पारे । झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका शर्माले सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई आग्रह गरेका छन ।