सुकुना क्याम्पसको अध्यक्षमा केशव अधिकारी

सुन्दरहरैचा । सुकुना बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा केशव अधिकारी सर्वसम्मत चयन भएका हुन । अधिकारी अध्यक्षमा पुन: दोस्रो पटक सर्वसम्मत चयन भएका हुन ।

क्याम्पसको हिजो भएको १६ औ परिषद बैठकबाट उनी चयन भएका हुन । समितिको उपाध्यक्षमा ललित श्रेष्ठ, तथा सदस्यहरुमा नागेश पोखरेल, सुरेन्द्रबहादुर थापा, लक्ष्मीप्रसाद फुयाल, नेत्रप्रसाद ढकाल, तिलकप्रसाद ढकाल, विश्वेश्वर ढकाल, नवराज चापागाईँ, योगराज काफ्ले, कमला राजभण्डारी, रामप्रसाद गजुरेल, हेमचन्द्र घिमिरे र मकरानन्द पराजुली सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि ३ तीन सदस्यीय लेखा समितिमा चन्द्र प्रसाद फुयाल , डिल्लीप्रसाद ढकाल ,र मातृकाप्रसाद काफ्ले चयन भएका छन ।