पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन ।

दाहालले सो घटनाप्रती दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । प्रधानमन्त्री दाहालले मुख्यसचिव शङ्करदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएका हुन ।

पाण्डेको शव नेपाल ल्याउने प्रयास भइरहेको छ । कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण पाण्डेको मृत्‍यु भएको थियो ।