कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ । पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।