प्रधानमन्त्री दाहाल चितवनमा

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक दाहाल गृहजिल्ला चितवन आएका हुन ।

प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न चितवन आइपुगेका हुन । दाहाल आजै कथामाण्डौ फर्कने छन ।

प्रधानमन्त्री दाहालले विद्यालयको हीरकद्वारको उद्घाटन, हीरक स्तम्भको अनावरण, स्मारिका विमोचन, नवनिर्मित भवनको शिलन्यास, विज्ञान प्रदर्शनी र खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।