सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

विराटचोकः आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार २ सय र तेजाबी सुनको मूल्य प्रति तोला ७० हजार ९ सय रुपैयाँ रहेको छ । जुन मूल्य हिजोकै मूल्य हो ।
सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रति तोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।