सुन्दरहरैंचामा २४० कोठाको भवन अलपत्र, अरबौँको सम्पती प्रयोग बिहिन

बिराटचोक   देशमा धेरै वटा ठुला क्रान्ति र आन्दोलन भए चाहे त्यो १०४ वर्षिय जहाँनीया राणा शासन हटाउन होस् या त निरङकुस पञ्चायत हटाउन वा एक तन्त्रीय राजाको शासन फाल्न होस्
जुन सुकै सरकार बन्दा पनि मन्त्री मण्डलमा जाने मन्त्रीको तछाड मछाड हुन्छ । देशमा प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र आइसके पनि जनताको जीवनस्तर जहाको त्यहि छ । केवल फेरिएको छ त नेताहरुको आर्थिक हैसियत । सरकारले सहज रुपमा स्वास्थ्य सेवा पु¥याउन विभिन्न खालका कार्यक्रम त ल्याएको छ तर स्वास्थ्य क्षेत्रका ठुलठुला पुर्वाधारहरु अलपत्र र जीर्ण अवस्थामा रहेका छन् ।


मोरङको सुन्दरहरैंचा नरपालिका वडा नम्बर ११ मा रहेको शुवर्ण फार्मेसीटीकल भवनको अवस्था दयनिय छ । २०५७ सालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन प्रमुख शेखर कोइरालाले उद्घाटन गरेका थिए ।
विपीका तत्कालिन डा. भोगेन्द्र आचार्यका अनुसार, गाउँ गाउँमा स्वास्थ्य सेवा पु¥याउने उदेश्यले सो भवन निर्णण गरिएको र यस अघि कमलमणी दिक्षितले भक्तपुरको आर्मी क्याम्प छेउमा यस्तै प्रकारको भवन बनाएका थिए तर त्यहाँ चलाउन नसकेपछी तत्कालिन इन्द्रपुर गाविस वडा नम्बर ७ बेलेपुरमा बनाउने निर्णय भएको बताए ।


तुन्दी कन्ट्रक्सनले निर्णण सुरु गरेर २४० कोठा भएका ४ वटा अत्याधुनिक भवन बनाएको छ । ५ बिघा क्षेत्रफलमा फैलिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामीत्वमा रहेको सो भवन आन्तरिक खिचातानीले प्रयोग विहिन भएको हाल भवनको रेख देख गर्ने वीपीका कर्मचारी कृष्ण प्रसाद न्यौपानेले बताए ।
शुवर्ण फार्मेसीटीकलले पेनसिलिन र ट्याब्लेट औषधि बनाउन भनेर अत्याधुनिक भवन बनाएको थियो । अहिले कुनै प्रयोजन विना वषौँ देखि अलपत्र अवस्थामा रहदा कसैको यस प्रति ध्यान गएको देखिदैन ।


हाल यो भवन भताभुङ्ग, लथालिङ्ग अवस्थामा गुज्रेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सो भवनमा हाल बन्यजन्तुको बास हुन थालेको स्थानीयले बताएका छन् । सो भवनको अवस्था देखेर स्थानीय जनता निरास छन् ।
सो भवनको विषयमा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल संग बुझ्दा यस अघि विपीका प्रतिनिधि धेरै पटक कुरा भएको र अब संमन्वय गरेर चाडै नै बैठक गरी यसका विषयमा काम कार्वाहि अगाडि बढाउने बताए ।