टेनिस खेलाडीलाई पुरस्कार घोषणा

काठमाडौंः दक्षिण एशियाली खेलकुदको १३ औं संस्करणमा सहभागी हुने नेपाली टेनिस खेलाडीलाई काठमाडौं जिल्ला टेनिस सङ्घले नगद पुरस्कार घोषणा गरेको छ । खेलाडीलाई शुभकामना दिन मङ्गलबार आयोजित कार्यक्रममा नेपाल टेनिस सङ्घका केन्द्रीय महासचिवसमेत रहेका काठमाडौं जिल्ला टेनिस सङ्घका अध्यक्ष मनोहरदास मूलले नगद पुरस्कार घोषणा गरेका हुन् ।

मूलले स्वर्णलाई ५० हजार, रजतलाई ३० हजार र कास्यलाई २० हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाए । टेनिसमा समान ६–६ पुरुष÷महिला खेलाडी सहभागी हुँदैछन् ।