सन्दीप लामिछानेको पुनरावेदन पेसी आज

काठमाडौं / बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आजका लागि तोकिएको छ ।

पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुन सक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरूको भनाइ छ । गएको साताका लागि पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए ।