पथरी / मोरङको पथरीशनिश्चरे वडा नं। ५ र ६ मा मागमा आधारित पशुपन्छी (गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर) पालन तालिमको समापन भएको छ । पथरीशनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको सो तालिम पुस ११ गतेदखि १३ गतेसम्म सञ्चालन भएको हो ।
वडा नं। ५ का वडाध्यक्ष चेतन खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै वडा सदस्य तथा कार्यपालिका सदस्य तुलशा कार्की, वडा सदस्यहरु विनय तिम्सिना, बिना परियार र वीरबहादुर मगर लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी वडा नं ६ मा वडा सदस्य शान्ता थापाको सभापतित्वमा भएको समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहनुभएको थियो । प्रमुख तुम्वापोले तालिममा सहभागीहरू सबैलाई धन्यवाद दिदै भन्नुभयो–‘यो छोटो अवधिको तालिमबाट जे सिक्नुभयो जिविकोपार्जनमा अवश्य लागु गर्नुहुनेछ र आत्मनिर्भर हुनुहुनेछ भन्नेमा म विश्वस्त छु ।’