गुरुकुल पाठशाला नृत्यमा जिल्लाकै प्रथम

मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशाला माध्यमिक तहको नृत्यमा प्रथम भएको छ । पौष ९ गते बिराटचौकमा भएको प्रतिभा पहिचान कार्यक्रममा गुरुकुल पाठशाला माध्यमिक तहको नृत्य लगायतका केहि बिधामा प्रथम भएको हो ।

बिभिन्न बिधामा मोरङ भरिका करिब २९ विद्यालयको प्रतिस्परधा रहेको थियो । पाठशालाले प्रतियोगितामा विज्ञान परियोजना कार्यमा प्रथम, चित्रकलामा प्रथम र नेपाली हस्तलेखनमा सान्तवना स्थान हासिल गरेको छ ।

नृत्यको प्रथमले पौष १६ गते हुने प्रदेश १ मा प्रतिस्पर्धा गर्नु पर्ने छ । प्रदेश १ मा प्रथम हुनेले पौष २९ गते काठमान्डौमा केन्द्रीय स्तरमा प्रतिस्पर्धा गर्नुपर्ने छ ।