जेठाजुको हत्यामा संलग्न बुहारी पक्राउ

झापा ।
झापाको कनकाई नगरपालिका–४ का ५५ बर्षीय पदम लाल बास्तोलाको हत्यामा संलग्न उनकै बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा (भाई बुहारी) कनकाई नगरपालिका–४ कि ४८ बर्षीया रनमाया बास्तोला रहेकि छन ।
पुस ७ गते बिहिबार शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलाको बगरको काँस घारीमा पदम लाल बास्तोला मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा रनमाया बास्तोलाले पुस ६ गते मृतक बस्तोला संगै घाँस काट्न गएको बेला हँसिया प्रहारी गरी हत्या गरेको खुल्न आएको छ ।
पुस ८ गते हत्यामा प्रयोग भएको हँसिया सहित पक्राउ परेकि रनमायाको इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।