पानीमा डुबेर बालकको मृत्यु

झापा ।
झापाको भद्रपुर नगरपालिका–१ संगम टोलमा पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । भद्रपुर–१ का बिजय लिन्बुको १७ महिनाको छोरा ईन्छु हाङ लिम्बु खेल्ने क्रममा आफ्नै बारीमा राँगालाई पानी खुवाउन राखेको भाँडामा डुबी मृत अवस्थामा फेला परेका थिए ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।